प्रदेश-१ मा सरकार गठनका लागि आह्वान

नेपालभ्युज

प्रदेश-१ मा सरकार गठनका लागि आह्वान

विराटनगर।  प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार गठनका लागि आइतबार आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि प्रस्ताव पेस गर्न ८ दिनको समय दिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ ।

निर्वाचन सकिएपछि सरकार गठनका लागि आव्हान गर्ने यो पहिलो प्रदेश हो । प्रदेशमा नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved