यस्ता खाना जसले तपाईंको निद्रा खराब गरिरहेको छ

नेपालभ्युज

यस्ता खाना जसले तपाईंको निद्रा खराब गरिरहेको छ

एजेन्सी । पर्याप्त निद्रा स्वस्थ जीवनका लागि निकै आवश्यक हुन्छ । तर, अव्यवस्थित क्रियाकलाप र खानपानका कारण निद्रा बिथोलिँदा स्वास्थ्यमा असर परिरहेको हुन्छ । कतिपयमा त अनिद्रा नै मुख्य स्वास्थ्य समस्याका रूपमा समेत देखिने गरेको छ ।

पछिल्लो समय भएका विभिन्न अध्ययनअनुसार अव्यवस्थित तथा अस्वस्थ जीवनशैलीले अनिद्रा बढाएको निष्कर्ष निकालेको छ । यसकारण स्वस्थ रहन पर्याप्त निद्रा, शारीरिक व्यायाम र स्वस्थ खानपानमा ध्यान दिन चिकित्सकहरूको सुझाब छ । साथै, निम्न उल्लेखित खानाले पनि निद्रा बिगार्ने हुँदा ख्याल गर्न उनीहरूको सुझाव छ ।

क्याफिन
खानपानले निद्रामा प्रत्यक्ष असर गरिरहेको हुन्छ । कतिपयले निद्रा कम गर्न क्याफिन प्रयोगमा ल्याउँछन, तर दैनिक रूपमा क्याफिनयुक्त खाद्यपदार्थको प्रयोगले निद्रा नै नलाग्ने समस्या आउन सक्छ । क्याफिनको मुख्य स्रोत कफी हो, सामान्यतया अनिन्द्राको समस्या भएका व्यक्तिहरूले क्याफिनको प्रयोग सकेसम्म कम गर्नुपर्छ ।
मसला
मसालेदार खानामा एसिडको मात्रा धेरै हुन्छ । जसले निद्रासम्बन्धी हार्मोनको स्तर कम गराउँछ । पर्याप्त निद्राका लागि सकेसम्म बेलुकाको खानामा मसालायुक्त खाद्यपदार्थ प्रयोग गर्नु हँुदैन । एसिडको मात्राले पाचनमा पनि समस्या ल्याउने हुँदा बेलुका मसालायुक्त खाना कम खानुपर्छ ।
अल्कोहल
कतिपयमा साँझ वा रातको समयमा अल्कोहल सेवन गर्ने बानी हुन्छ । उनीहरू दिनभरको कामको थकान मेटाउन वा रमाइलोका लागि साँझ अल्कोहल पिउँछन् । जुन ट्रेन्डकै रूपमा चलेको पाइन्छ । तर, बेलुकाको समयमा अल्कोहल पिउँदा निद्रामा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । अल्कोहलले चाँडो निद्रा परे पनि स्वस्थ निद्रा पर्दैन । जसको नराम्रो असर शरीरमा पर्दछ ।
चकलेट
अबेर रातसम्म काम गनुपर्ने बाध्यता भएका व्यक्तिले निद्रा नलागोस् भनेर डार्क चकलेट खाने गर्छन् । निश्चित मात्रामा डार्क चक्लेट स्वास्थ्यका दृष्टिकोणले राम्रै मानिन्छ, तर निद्रामा भने असर गरिरहेको हुन्छ । डार्क चक्लेटमा क्याफिनको मात्रा पाइन्छ । सामान्य डार्क चक्लेटमा करिब ८० मिलिग्रामसम्म क्याफिन मिसाइएको हुन्छ, जुन एक बोतल रेडबुलमा पाइने क्याफिनजत्तिकै हुन्छ ।
तारेका, भुटेका खाना
तारेका वा भुटेका खानेकुराको अत्यधिक प्रयोग मोटोपनसँग जोडेर हेरिन्छ । जस्तै– आलु चिप्स, पे्रmन्चफ्राईमा हुने रसायनले पाचनमा असर गर्ने हँुदा निद्रामा असर गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved