काठमाडौं–११ स्पेनिस क्लब कासेरेन्योसँग पराजित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा कासेरेन्योले काठमाडौं–११ लाई २–१ गोलअन्तरले पराजित गरेको हो।

नेपालभ्युज

काठमाडौं–११ स्पेनिस क्लब कासेरेन्योसँग पराजित

काठमाडौं। मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब कासेरेन्योले काठमाडौं-११ लाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा कासेरेन्योले काठमाडौं-११ लाई २-१ गोलअन्तरले पराजित गरेको हो।

कासेरेन्योको लागि अल्भारो क्लौसी र डेभिड ग्रान्डेले गोल गरे। काठमाडौं-११ को लागि भने जर्ज प्रिन्स कार्कीले गोल फर्काए।

खेलको ४० औँ मिनेटमा अल्भारोले गोल गर्दै कासेरेन्योलाई अग्रता दिलाए। ८२ औँ मिनेटमा डेभिडको गोलले कासेरेन्योको अग्रता दोब्बर भयो। खेलको ८६ औँ मिनेटमा भने जर्जले नेपालको लागि १ गोल फर्काए।

तथापि, नेपालले थप गोल गर्न नसक्दा बाजी कासेरेन्योले मार्‍यो । यससँगै नेपाल भ्रमणको दुवै खेलमा कासेरेन्योले जित निकालेको छ।

बुधबार पोखरा रंगशालामा भएको खेलमा कासेरेन्योले गण्डकी-११ लाई ३-० ले पराजित गरेको थियो।

दुई मैत्रीपूर्ण खेलको लागि लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाल राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा कासेरेन्यो क्लबलाई नेपाल भ्रमणमा आमन्त्रण गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved