प्रदेश सरकार : एमालेले ४ र माओवादीले २ मा नेतृत्व गर्ने, कहाँ कसको मुख्यमन्त्री ?

कांग्रेस र एमालेले  मधेस प्रदेशमा भने जनमत र जसपालाई आलोपालोका आधारमा सरकार चलाउन दिने सहमति गरेका छन् ।

नेपालभ्युज

प्रदेश सरकार : एमालेले ४ र माओवादीले २ मा नेतृत्व गर्ने, कहाँ कसको मुख्यमन्त्री ?

काठमाडौं। सत्ता साझेदार दल प्रदेश सरकारको बाँडफाँटमा सहमतिनजिक पुगेका छन् । नेकपा एमालेले चार र माओवादी केन्द्रले दुई प्रदेशमा नेतृत्व गर्ने सहमति जुटेको छ ।

एक प्रदेशमा अन्य दलको मुख्यमन्त्री हुनेछ । नेताहरूबीच आन्तरिक रूपमा भइरहेको छलफलमा प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने गरी खाका बनेको छ ।

माओवादी केन्द्रले लुम्बिनी र सुदूरपश्चिमको नेतृत्व पाउने बताइएको छ । यद्यपि, माओवादीले कर्णालीमा पनि दाबी गरिरहेको छ । कांग्रेस र एमालेले  मधेस प्रदेशमा भने जनमत र जसपालाई आलोपालोका आधारमा सरकार चलाउन दिने सहमति गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले कर्णालीमा यमलाल कँडेललाई मुख्यमन्त्री बनाउन चाहेका छन् । त्यसका लागि बरु लुम्बिनी छाडेर भए पनि कर्णाली लिन एमाले तयार भएको छ । यद्यपि, माओवादीले कर्णालीमा पनि दाबी गरिरहेको छ ।

अहिलेकै सहमति अघि बढे लुम्बिनीमा माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बन्न सक्नेछन् ।

यसअघि, माओवादीले कर्णाली र सुदूरपश्चिममा सरकारको नेतृत्व गरेको थियो । अहिलेको सत्ता गठबन्धन कायम रहँदा सबै प्रदेशमा बहुमत पुग्ने देखिएको छ । नेपाली कांग्रेस सबै प्रदेशमा प्रमुख प्रतिपक्षी दलका रूपमा रहनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved