देउवाले परिवारसहित बालुवाटार छाडे

नेपालभ्युज

देउवाले परिवारसहित बालुवाटार छाडे

काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवार देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् ।

बुढानीलकण्ठस्थित आफ्नो घर निर्माण भइरहेकाले केही समय उनी धुम्बाराहीस्थित घरमा भाडामा बस्ने देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

उनले भने ‘बूढानीलकण्ठको घर निर्माण सकिन ३–४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घरमा सरिरहेको हो ।’

१० पुसमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved