संसद् अधिवेशनका लागि तयार छौँ : संसद् सचिवालय

नेपालभ्युज

संसद् अधिवेशनका लागि तयार छौँ : संसद् सचिवालय

काठमाडौं। संघीय संसद् सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारीसमेत पूरा भइसकेको बताएका हुन् । सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू सकिएको बताए ।

सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ । उनले संसदका पदाधिकारीहरूलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए । सचिवालयसँग स्रोत नभएको भन्दै उनले अर्थ मन्त्रालयसँग पटक–पटक स्रोत माग्दा पनि उपलब्ध हुन नसकेको गुनासो गरे ।

उनले भने, ‘अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौँ । संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ । सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकिय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरू सकिएको छ । गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौँ ।’

सहायक प्रवक्ता धमलाले संघीय संसद् सचिवालयमा स्रोतको अभाव हुँदा पनि सरकार र अर्थ मन्त्रालय नजरअन्दाज गरेर बसेको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved