यस्तो छ प्रचण्ड नेतृत्व सरकारको पहिलो निर्णय

नेपालभ्युज

यस्तो छ प्रचण्ड नेतृत्व सरकारको पहिलो निर्णय

काठमाडौं । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको  मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।

स्रोतका अनुसार राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था र लाइसेन्स दिने कार्यालयमा पनि भीड हुने अवस्थाको अन्त्य गर्ने निर्णय भएको छ ।

यस्तै बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय पनि गरेको बताइएको छ ।

यस्तै बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।


Comment

One thought on “यस्तो छ प्रचण्ड नेतृत्व सरकारको पहिलो निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved