एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आज ४ जना मन्त्री बन्ने

संसद् भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा एमालेले आज मन्त्री बन्ने चारजनाको नाम दिएको हो । 

नेपालभ्युज

एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आज ४ जना मन्त्री बन्ने

काठमाडौं। नयाँ सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा आज चारजनालाई सरकारमा पठाउने भएको छ ।

संसद् भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा एमालेले आज मन्त्री बन्ने चारजनाको नाम दिएको हो ।

पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्नेछन् । यस्तै एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि आजै मन्त्री बन्ने भएका छन् । शाह बारा १ बाट विजयी भएकी हुन्। राईले धनकुटाबाट प्रत्यक्ष जितेका हुन्। भण्डारी बैतडीका सांसद हुन्।

पौडेल अर्थमन्त्री हुने निश्चित भए पनि अन्य तीनजनाको मन्त्रालयबारे छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको शपथ ग्रहण ४ बजे तय भएको छ। सँगै केही मन्त्रीको पनि शपथ हुनेछ। एमालेले पाउने बाँकी मन्त्री भने पछि टुङ्गो लगाउने जनाएको छ । दलहरुबीच मन्त्रालय बाँडफाँट टुङ्गो लागेपछि अन्य मन्त्री तय हुने एमालेले जनाएको छ ।

नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ। सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved