लुम्बिनी प्रदेशसभाको बैठक दाङमै बस्ने, सबै संरचना तयार

नेपालभ्युज

लुम्बिनी प्रदेशसभाको बैठक दाङमै बस्ने, सबै संरचना तयार

दाङ। लुम्बिनी प्रदेशसभाको बैठक अब प्रदेशको स्थायी राजधानी दाङमै बस्ने भएको छ । यसअघि अस्थायी राजधानी बुटवलबाट प्रदेशसभाको बैठकसहित सबै कामकाज हुँदै आएकोमा अब सबै काम दाङबाट हुने भएका हुन् ।

अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज भोलि पुस ११ गतेदेखि दाङबाटै सुरु हुने लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी बुटवलबाट स्थायी राजधानी क्षेत्रमा पुगिसकेका छन् । दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved