गठबन्धन तोड्ने माओवादीको चेतावनीपछि कांग्रेस पुग्यो बालकोट

नेपालभ्युज

गठबन्धन तोड्ने माओवादीको चेतावनीपछि कांग्रेस पुग्यो बालकोट
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गठबन्धन तोड्ने चेतावनी दिएपछि गठबन्धको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई बालकोट पठाएका छन्।

उपमहासचिव पुनले प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन तोड्ने चेतावनी दिएपछि  देउवाले एमालेसँगको सम्बाद अगाडि बढाउन निधिलाई बालकोट पठाएका हुन् ।

स्रोतका अनुसार  प्रधानमन्त्री बन्ने विषयलाई लिएर गठबन्धनभित्र भइरहेको खिचातानीका विषयमा निधिले एमाले अध्यक्ष ओलीसँग ब्रिफिङ गरेका छन् ।

एमालेसँग छलफल गर्न कांग्रेस तयार रहेको प्रधानमन्त्रीको सन्देश लिएर गएका निधि र ओलीबीच एमाले र कांग्रेसको सम्भावित सत्ता समीकरणबारे छलफल भएको स्रोत बताउँछ ।

शनिबार अपरान्ह बालुवटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुङिएको थियो ।

गठबन्धन बैठक अगाडि माओवादी अध्यक्ष प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई प्रधानमन्त्री देउलाई भेट्न पठाएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved