१९ वर्ष गोलघरमा सजाय काटेर छुटे चार्ल्स शोभराज

सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धारामा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन्।
बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ।

नेपालभ्युज

१९ वर्ष गोलघरमा सजाय काटेर छुटे चार्ल्स शोभराज

काठमाडौं। सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धारामा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन्।
बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ। अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ। तर, शोभराजले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन्।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

हालसम्म उनी गोलघरमा थिए। गोलघरलाई कारागारभित्रको पनि कारागार भनेर चिनिन्छ। जहाँ सुरक्षा खतरा भएका वा अन्य कैदीबन्दीलाई असर पुर्‍याउन सक्ने व्यक्तिलाई राखिन्छ।

शोभराजको आग्रह- ‘मलाई नेपालमै बस्न दिनू, पत्रकारलाई फोटो खिच्न नदिनू’

चार्ल्स शोभराजले आफ्नो फोटो खिच्न नदिन आग्रह गरेका छन्। उनले मिडियाबाट आफू टाढै बस्न चाहेको भन्दै कसैलाई पनि फोटो खिच्न नदिन कारागार प्रशासनलाई आग्रह गरेका छन्।

उनलाई कारागार प्रशासनले आज अध्यागमन विभागको जिम्मा लगाउँदैछ। अध्यागमनले पासपोर्टलगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ।

जेलभित्रै युनुसलाई गोली हानेको मुद्दाका कारण शोभराजको रिहाइमा ढिलाई

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा शृङ्खलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए।

शोभराजलाई २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको ठहरसहित जेलमा राखिएको हो। तर, उनले चाहिँ भक्तपुर घटनामा आफू संलग्न नरहेको बताउँदै आएका छन्।

२० भन्दा बढि हत्यामा मुछिएका शोभराज १९ वर्षपछि छु्ट्दैछन्, भारतमा जेलबाटै भागेका थिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved