शोभराजको आग्रह- ‘मलाई नेपालमै बस्न दिनू, पत्रकारलाई फोटो खिच्न नदिनू’ 

१९ वर्ष केन्द्रीय कारागारको गोलघरमा सजाय काटेर आज छुट्न लागेका सिरियल किलर चार्ल्स शोभराजले आफ्नो फोटो खिच्न नदिन आग्रह गरेका छन्। उनले मिडियाबाट आफू टाढै बस्न चाहेको भन्दै कसैलाई पनि फोटो खिच्न नदिन कारागार प्रशासनलाई आग्रह गरेका छन्।

नेपालभ्युज

शोभराजको आग्रह- ‘मलाई नेपालमै बस्न दिनू, पत्रकारलाई फोटो खिच्न नदिनू’ 

काठमाडौं। १९ वर्ष केन्द्रीय कारागारको गोलघरमा सजाय काटेर आज छुट्न लागेका सिरियल किलर चार्ल्स शोभराजले आफ्नो फोटो खिच्न नदिन आग्रह गरेका छन्। उनले मिडियाबाट आफू टाढै बस्न चाहेको भन्दै कसैलाई पनि फोटो खिच्न नदिन कारागार प्रशासनलाई आग्रह गरेका छन्।

उनलाई कारागार प्रशासनले आज अध्यागमन विभागको जिम्मा लगाउँदैछ। अध्यागमनले पासपोर्टलगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ।

तर शोभराजले भने आफू केही दिन नेपालमै बस्न चाहेको बताएका छन्। कारागार प्रशासनका एक अधिकारीले भने, ‘‘फ्रान्सबाट आएका मेरा आफन्तहरू हायत होटेलमा बसेका छन्। म केही दिन उनीहरूसँगै बस्न चाहन्छु। त्यही बसेर मुटुको फलोअप उपचार गराउँछु।’’

शोभराजलाई नेपाल कहिल्यै आउन नपाउने गरी ‘डिपोर्ट’ गरिँदै, बिदाइ गर्न जाँदै पत्नी र सासू

तर अध्यागमनले भने उनको प्रस्ताव स्वीकार नगरेको उनका कानुनी सहयोगी गोपाल शिवाकोटी (चिन्तन) बताउँछन्। शोभराजलाई फ्रान्स फिर्ता पठाउन आवश्यक पर्ने कागजपत्र मिलाउने काम भइरहेको अध्यागमनले जानकारी दिएको छ।

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा शृङ्खलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए।

शोभराजलाई २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको ठहरसहित जेलमा राखिएको हो। तर, उनले चाहिँ भक्तपुर घटनामा आफू संलग्न नरहेको बताउँदै आएका छन्।

२० भन्दा बढि हत्यामा मुछिएका शोभराज १९ वर्षपछि छु्ट्दैछन्, भारतमा जेलबाटै भागेका थिए

बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। १५ दिनभित्र उनकै देश पठाउन पनि आदेश दिइएको थियो।

सर्वोच्चले ७८ वर्ष उमेर पुगिसकेको र मुटुको सर्जरी गर्नुपर्ने अवस्था देखिएकोले उनलाई अन्य मुद्दा नभए छाड्न आदेश दिएको हो।

शोभारजलाई फ्रान्स पठाउने भएपछि शोभराजलाई बिदाइ गर्न उनकी सासू तथा वकिल शकुन्तला विश्वास र उनकी छोरी तथा जेलमै बिहे गरेकी निहिता विश्वास डिल्लीबजारस्थित अध्यागमन कार्यालयमा पुगिसकेका छन्।

जेलभित्रै युनुसलाई गोली हानेको मुद्दाका कारण शोभराजको रिहाइमा ढिलाई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved