काठमाडौंमा आज यो वर्षकै धेरै चिसो

नेपालभ्युज

काठमाडौंमा आज यो वर्षकै धेरै चिसो

काठमाडौं। काठमाडौंमा आज शुक्रबार यो वर्षकै चिसो भएको भएको छ । हिजोको तुलनामा आज काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियसले घटेको छ ।

हिजो ६ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ ।

तराईका जिल्लामा आज पनि बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा दिउँसोसम्म नै हुस्सु कुहिरो  लाग्नेछ ।

मौसमविद् प्रतिभा मानन्धरले बताइन। काठमाण्डौसहित पहाडी जिल्लामा भने हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । तर आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् ।

भोली शनिबार केहि ठाउँमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको असर पर्न थालेकाले भोलि हल्का वर्षाको अनुमान गरिएको हो ।

यो प्रणालीका कारण आज रातिदेखि नै चिसो अझ् बढ्ने अनुमान छ । हिमाली र उच्च पहाडी जिल्लामा आज रातिदेखि नै हिमपात हुने अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved