फेरिए काठमाडौं महानगरका पाँच विभागीय प्रमुख, बालेनको सचिवालयमा को ?

नेपालभ्युज

फेरिए काठमाडौं महानगरका पाँच विभागीय प्रमुख, बालेनको सचिवालयमा को ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा ५ विभागीय प्रमुख फेरिएका छन् । महानगरको कार्यसम्पादन सम्झौता अनुसार विभागीय प्रमुख फेरिएको महानगरले जनाएको छ ।

परिवर्तित जिम्वेवारी अनुसार  महानगरको सामाजिक विकास विभागका दीपक अधिकारीलाई प्रशासन विभागमा पठाइएको छ । यस्तै, वित्त विभागका यादव घिमिरेलाई आन्तरिक लेखा परीक्षण विभागको जिम्मेवारी दिइएको छ ।

आन्तरिक लेखा परिक्षण विभागका गोपाल पोखरेललाई समाजिक विकास विभागमा सरुवा गरिएको महानगरले जनाएको छ ।

त्यस्तै  मेयरको सचिवालय तथा विभागीय प्रमुखको जिम्मेवारी नुरनिधि न्यौपानलाई दिइएको  छ । प्रशासन विभागका प्रमुख महेश काफ्लेलाई सार्वजनिक निजी साझेदारी कार्यक्रमको जिम्मा दिइएको महानगरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved