चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

आदेशमा शोभराजलाई अन्य मुद्दामा कैद भुक्तानी गर्नुपर्ने अवस्था नभए आजै मुक्त गरी १५ दिनभित्र आफ्नै देशमा फिर्ता पठाउन भनिएको छ ।

नेपालभ्युज

चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई  कैदमुक्त गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई तत्कालै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिन भित्र आफ्नो देश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको हो ।

आदेशमा शोभराजलाई अन्य मुद्दामा कैद भुक्तानी गर्नुपर्ने अवस्था नभए आजै मुक्त गरी १५ दिनभित्र आफ्नै देशमा फिर्ता पठाउन भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई दायर गरेको बन्दी प्रत्यक्षीकरणको  रिटमा इजलासले यस्तो आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई नेपालमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।

आदेशमा भनिएको छ, ‘रिट निवेदक मुटुको रोगीको लागि ओपन हार्ट सर्जरी गर्नुपर्ने र हाल ७८ वर्षको वृद्ध देखिन्छ । कारागार नियमावली, २०२० को नियम २९ (२क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परि निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको देखिन्छ । यो सुविधा विदेशी नागरिकलाई समेत दिन सकिने देखिन्छ । हाल निजले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ ।’

‘कैद छुटको निमित्त असल चालचल भए नभएको सिफारिस गर्ने नगर्ने, कैद छुटको निर्णय गर्ने नगर्ने स्वविकेकीय अधिकार प्राप्त अधिकारीले स्वविवेकीय अधिकारको प्रयोग गर्दा उत्तरदायित्वबोध, तथ्यगत सन्दर्भ, हासिल गर्न खोजेको उद्देश्य र कैदीको अधिकारलगायत समग्र पक्षमा हेरी निर्णय गर्नुपर्ने देखिन्छ,’ आदेशमा भनिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved