कतार विश्वकपका केही रोचक, केही अनपेक्षित र केही रोमाञ्चक तथ्य

कतार विश्वकपका केही रोचक, केही अनपेक्षित र केही रोमाञ्चक तथ्य

काठमाडौं । कतार विश्वकपको रौनक अब लगभग सकिएको छ । विजेता अर्जेन्टाइन टोली स्वदेशमा खुसीयाली मनाउन व्यस्त छ । तर विश्वकपको चर्चा भने सेलाएको छैन ।

यो विश्वकपमा केही रोचक र स्तब्ध पार्ने नतिजा आए । समुह चरणमा साउदी अरेबियाले अर्जेन्टिनालाई हराउनु  यस्तै एक अनपेक्षित नतिजा थियो ।

मोरक्कोले फिफा वरियतामा दोस्रो स्थानमा भएको बेल्जियमलाई हराएर अर्को सनसनी मच्चायो । अष्ट्रेलियाले डेनमार्कलाई पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गर्यो।

जापानले स्पेन र जर्मनीलाई हराएर एसियाली पावर देखायो । उपाधि दावेदार स्पेन र जर्मनीलाई पराजित गरेको जापान कोस्टारिकासँग भने हार्‍यो। जबकी त्यसअघि स्पेनले कोस्टारिकालाई ७–० ले पराजित गरेको थियो।

फिफाका अनुसार कतार विश्वकपमा २० लाख ४५ हजारभन्दा बढि दर्शकको उपस्थिति थियो। सन् २०१८ मा २० लाख १७ हजारभन्दा बढि दर्शक विश्वकप हेर्न उपस्थिति भएका थिए ।

लुसेल रंगशालामा भएको अर्जेन्टिना र मेक्सिकोबीचको खेल सन् १९९४ को फाइनलपछि सबैभन्दा बढि दर्शक उपस्थित भएको खेल बन्यो। सो खेलमा ८८ हजार ९६६ मानिस उपस्थिति भएका थिए ।

विश्वकप फुटबलको प्रतिस्पर्धात्मक शैली बढेको पनि कतार विश्वकपमा देखियो । पहिलो पटक सबै महादेशका राष्ट्र सहभागी भएको विश्वकप पनि यहि बन्यो। एफसीबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरिया अर्थात ३ राष्ट्र नकआउट चरणमा पुगे । यस्तो पहिले कहिले भएको थिएन ।

साथै दोस्रो पटक २ अफ्रिकी राष्ट्र नकआउट चरणमा पुग्न सफल भए। यसअघि सन् २०१४ मा अफ्रिकी मुलुक अल्जेरिया र नाइजेरिया नकआउट चरणमा पुगेका थिए।

कतार विश्वकपमा रेफ्रीले २२७ पहेँलो कार्ड र ४ रातो कार्ड देखाए। यस विश्वकपमा पनि ‘फाउल’ को सङ्ख्या घटेको देखियो। यसपटक कुल १,५९९ फाउल दर्ता भए। फाइनललाई गरी कुल २३ पेनाल्टी प्रदान गरिएको थियो। सन् २०१८ विश्वकपमा कुल २७ पेनाल्टी दिइएको थियो।

भीएआर प्रविधि प्रयोग भएको पनि यो पहिलो विश्वकप हो। फिफाको कडाईका कारण यस विश्वकपमा हरेक खेलमा औसत ११ मिनेट थप गरियो। सन् २०१८ मा भने ६ मिनेट औसत थप समय थियो।

२० वर्षभन्दा मुनिका १० खेलाडी २० खेलमा सुरुवाती ११ मा परे । इङ्ल्याण्डका १९ वर्षीय जुड बेलिङ्घम, जर्मनीका १९ वर्षीय जमाल मुसियाला र स्पेनका १८ वर्षीय मिडफिल्डर गाभि पनि यसरी सुरुवाती टिममा पर्ने खेलाडी थिए ।

सन् २०१८ मा १९ वर्षीय किलियन एम्बाप्पे ६ खेलमा सुरुवाती ११ मा पर्न सफल भएका थिए। सर्वाधिक ८ गोल गर्दै एम्बाप्पेले कतार विश्वकपको ‘गोल्डेन बुट जिते।

३५ वा सोभन्दा बढि उमेर भएका २७ अनुभवी खेलाडी ८३ पटक सुरुवाती ११ मा पर्न सफल भए। सन् २००२ विश्वकपमा अनुभवी खेलाडी ५१ पटक सुरुवाती ११ मा परेका थिए। कतार विश्वकपमा अर्जेन्टिनाका ३५ वर्षीय लिओनल मेस्सी र ३७ वर्षीय लुका मोड्रिच सर्वाधिक सुरुवाती ११ मा पर्न सफल भए।

विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउँदै इतिहास रचे। स्टेफनी फ्रापार्टले जर्मनी र कोस्टारिकाबीचको खेल संचालन गरेकी थिइन्। फ्रापार्टलेसँगै न्यूजा ब्याक र करेन डियान मडिनाले पनि सो खेलमा रेफ्रीको भूमिका निभाएका थिए।

क्रिस्टियानो रोनाल्डो ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने। इङ्ल्याण्ड र अमेरिकाबीचको खेल अमेरिकामा सबैभन्दा बढि हेरिएको खेल बन्यो।

सन् १९३० विश्वकपको संस्करणपश्चात सानो क्षेत्रफलमा आयोजना गरिएको यो पहिलो विश्वकप हो। यसले दर्शक तथा मिडिया प्रतिनिधिलाई दिनमा एकभन्दा बढि खेलमा उपस्थित हून सहज वातावरण बनायो ।

समूह चरणको दौरान दोहा मेट्रो र लुसेल ट्राम संजालले दैनिक औसत ७ लाख ७ हजार ३२ मानिसलाई सुविधा दिएका थिए । यो दौरान सो संजालमा ९० लाख १९ हजार ट्रिप दर्ता भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved