गगन थापाको पछाडि प्राध्यापक कुट्ने र त्रिविमा गुन्डाराज मच्चाउने समूहका ‘नाइके’

१० वर्ष कैद सजाय माग गरिएका रावलको मुद्दा कांग्रेस नेताको जोडबलमा गरिएको थियो फिर्ता

दलको नेतामा निर्वाचित हुन आफ्नो समूहको भोट सुरक्षित गर्न र अर्को समूहको भोट तान्ने गगन थापाले केही विवादास्पद व्यक्ति साथमा लिएका छन्। रावल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने दुई मुख्य अभियुक्त मध्ये एक हुन्। गगन थापाको पछिपछि उनै व्यक्ति देखिँदैआएका छन्।

नेपालभ्युज

गगन थापाको पछाडि प्राध्यापक कुट्ने र त्रिविमा गुन्डाराज मच्चाउने समूहका ‘नाइके’

काठमाडौं। नेपाली कांग्रेसमा संसदीय दलको निर्वाचनका लागि महामन्त्री गगन थापाको पक्षमा माहौल बनाउन उनलाई समर्थन गर्दै सहयोग गर्ने समूहमा ‘प्राध्यापक कुट्ने र त्रिविमा तनाव गराउने टोली’ पनि देखिएको छ। दलको नेतामा निर्वाचित हुन प्रतिनिधिसभा सांसदले मात्र भोट हाल्ने भए पनि पक्षमा माहौल बनाउने, अरू सांसदसँग भेटघाटको लागी जाँदा सहयोग गर्ने टिममा नेविसंघका योगेन्द्र रावल पनि रहेका छन्।

रावल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने दुई मुख्य अभियुक्त मध्ये एक हुन्। उनले गगन थापालाई प्रतिनिधिसभा निर्वाचनदेखिनै साथ दिँदै आएका छन्। अहिले संसदीय दलको निर्वाचनमा पनि महत्त्वपूर्ण भूमिकामा रहेर सहयोग गरिरहेको गगन थापाका सचिवालयका एक सदस्यले बताए।

संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा गगन थापाको समूहमा रहेमा सांसदहरूको पछाडि बसेर उनले तस्वीर समेत खिचाएका छन्।

दलको नेतामा निर्वाचित हुन आफ्नो समूहको भोट सुरक्षित गर्न र अर्को समूहको भोट तान्ने गगन थापाले केही विवादास्पद व्यक्ति साथमा लिएका छन्। ‘कांग्रेसको परम्परागत राजनीतिलाई नयाँ कोर्समा प्रवेश गराउँछु’ भन्दै दाबी गर्दै आएका नेता गगन थापालाई निकै आशालाग्दा नेताको रूपमा हेरिएको छ। तर उनले च्यापेका सहयोगीहरूको पृष्ठभूमि भने त्यति राम्रो छैन।

गगन थापाको निगरानी गर्न देउवाले गरे प्रहरीको दुरुपयोग

ती मध्ये एक हुन् योगेन्द्र रावल, जो त्रिभुवन विश्वविद्यालयमा गुन्डाराज मच्चाउने नाइकेको रूपमा चिनिन्छन्। उनले गत भदौ १२ गते त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा त्यसलाई बिथोल्न जाने नेविसंघको अगुवाइ थिए। दर्जनौँ कार्यकर्ता नाराबाजी गर्दै लगेर उनले प्राध्यापकलाई समेत आक्रमण गरेका थिए।

त्यसअघि त्रिवि परिसरमा २० असोज २०७७ मा समाजशास्त्रका उप–प्राध्यापक प्रेम चलाउनेमाथि मोटरसाइकलमा आएको समूहले रडले हानेर गम्भीर घाइते बनाएको थियो। त्यतिबेला मेडिसिटी अस्पतालमा उपचार गराएका उप–प्राध्यापक चलाउने निकै मुस्किलले बाँच्न सफल भएका थिए। उनी अझै वैशाखी टेकेर हिँड्छन्। घटनामा योगेन्द्र रावलसमेतको संलग्नतामा भएको भन्दै उप–प्राध्यापक चलाउनेले प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए ।

सामाजिक सञ्जालमा भाइरल गगन थापाको भिडिओको यथार्थ (भिडिओसहित)

रावल लामो समयसम्म फरार भएका थिए। जिल्ला प्रहरी परिसर, काठमाडौंले रावलको निर्देशनमा प्राध्यापकलाई कुटपिट गरेको निष्कर्ष निकाल्दै अनुसन्धान प्रतिवेदन तयार गरेको थियो। त्यसअनुसार उनीहरूलाई मुलुकी अपराध संहिताको दफा १८३ को ज्यान मार्ने उद्योग गरेको कसूरमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गराउन माग दाबी पेश गरिएको थियो।

तर कांग्रेस नेताहरूको जोडबलमा महान्यायाधिवक्ताको कार्यालयले यसमा संलग्न व्यक्तिहरूको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको छ। महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा फिर्ता लिन राय दिँदै ‘मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानुनको प्रतिकुल नहुने’ भन्दै राय दिए पनि उनीहरू विरुद्ध मुद्दा अघि बढेको छैन। सरकारले उनीहरूको मुद्दा फिर्ता लिएपछि त्रिविमा गुन्डाराज झन् संस्थागत भइरहेको विद्यार्थीहरू बताउँछन्।

कांग्रेस संसदीय दलको चुनावमा सबैको नजर, बाहिर गगनलाई शुभेच्छा तर भित्र …?

११ सांसदले मतदान गरेको फोटो खिचेर आरजुलाई पठाए ! गगनले जनाए आपत्ति

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved