गगन थापाको निगरानी गर्न देउवाले गरे प्रहरीको दुरुपयोग

थापाको बैठक स्थलबाट समर्थकले समाते दुई प्रहरी

संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापाले ‘कुनकुन नेतालाई भेट्छन्, कहाँ गएर के गर्छन्’ भन्ने सूचना लिनको लागि २ जना प्रहरी खटाएको खुलेको हो। संसदीय दलको निर्वाचनअघि देउवाले आफ्नो व्यक्तिगत लाभको लागी प्रहरीको ‘दुरुपयोग’ गरेका हुन्।

नेपालभ्युज

गगन थापाको निगरानी गर्न देउवाले गरे प्रहरीको दुरुपयोग

काठमाडौं। नेपाली कांग्रेसमा संसदीय दलमा सभापति शेरबहादुर देउवालाई टक्कर दिएका महामन्त्री गगन थापामाथि संस्थापन पक्षले प्रहरी परिचालन गरेर निगरानी गरेको छ।

संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापाले ‘कुनकुन नेतालाई भेट्छन्, कहाँ गएर के गर्छन्’ भन्ने सूचना लिनको लागि २ जना प्रहरी खटाएको खुलेको हो। संसदीय दलको निर्वाचनअघि देउवाले आफ्नो व्यक्तिगत लाभको लागी प्रहरीको ‘दुरुपयोग’ गरेका हुन्।

गयराति काठमाडौंको लाजिम्पाट स्थित होटल एम्बेस्डर र नक्सालस्थित मेरियट होटलमा गगन थापा पक्षको गतिविधि निगरानी गर्न प्रहरी परिचालन गरिएको हो।

लाजिम्पाटस्थित होटल एम्बास्डरमा गगन थापाका समर्थकले केही व्यक्तिलाई समातेर सोधपुछ गर्दा प्रहरीको परिचयपत्र फेला गरेको छ।

गगन थापाको निगरानी गर्न खटिएका प्रहरी सवार गाडी र मोटरसाइकलमा प्रहरी

उनीहरू निगरानीका लागि प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोका प्रहरी खटिएको भेटिएको छ। थापाको निगरानी गर्नेहरूमा प्रहरी नायव निरीक्षक (सई) सरोज भण्डारी र जवान आशिष् क्षेत्रीको परिचयपत्र फेला परेको छ। उनीहरू दुवै जना विशेष ब्युरोमा कार्यरत छन्।

गगन थापाका सचिवालयका एक सदस्य सबिन मुडभरिले भने, ‘‘गगन दाइ हिजो दिउँसो जताजता जानुभयो। बाइकमा रहेका २ जनाले त्यतै पछ्याए। हामीले गाडी रोक्दा उनीहरूले बाइक रोकेर फोन गरेजस्तो गरे। पछि होटलमा पनि गगन थापाको समर्थक झैँ गरेर बसे। अरूसँग कुरा गरिरहे। शंका लागेर सर्च गर्दा प्रहरीका कागजात फेला गर्‍याे।’’

विशेष ब्युरोका प्रमुख डिआइजी अशोक सिंहको आदेशमा गगनको निगरानीमा उनीहरू खटिएको त्यहाँका एक प्रहरीले बताए।
संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर पक्षबाट महामन्त्री थापा उम्मेदवार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved