पाल्पामा ठूलो संख्यामा तोपका गोला भेटियो

नेपालभ्युज

पाल्पामा ठूलो संख्यामा तोपका गोला भेटियो

काठमाडौं  ।  पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्नेक्रमा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् ।  जिल्लाको तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

बाइसे÷चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताए । अहिलेसम्म ३०० वटा गोला फेला परेको र उत्खन्नको क्रममा अझ धेरै भेटिनसक्ने श्रेष्ठको भनाइ छ । गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो । सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ ।

अहिले ती गोलाको सुरक्षित व्यवस्थापनको लागि पाल्पास्थित नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । फेला परेका गोलाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढेको पाल्पा प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved