हाम्रो मुद्दा सम्बोधन गर्नेलाई सघाउँछौं : सीके राउत

नेपालभ्युज

हाम्रो मुद्दा सम्बोधन गर्नेलाई सघाउँछौं : सीके राउत

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरूले उठाएका किसानका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताएका छन्।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरूले किसानका मुद्दा उठाएर आएकाले सो मुद्दाहरू सम्बोधन हुनुपर्ने बताए।

उनले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताए। राउतले सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि निकास दिनु आफूहरूको जिम्मेवारी भएको उल्लेख गरे।

उनले भने, ‘हामीले भर्खरै किसान आन्दोलन गरेर आएको हुनाले किसानका जुन मुद्दाहरू छ, त्यसलाई सम्बोधन हुनुपर्छ। त्यसका साथै खासगरी शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दा जनमत पार्टीले टड्कारो रूपमा उठाइराखेको हुनाले त्यो रातारात त परिवर्तन हुने कुरा होइन। त्यसमा काम गर्ने वातावरण, त्यो क्षेत्रहरूमा सुधार गर्नको लागि काम गर्ने वातावरण बनाइदिने खालको प्रतिबद्धता जायर हुनुपर्‍यो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved