‘शपथ ग्रहणबिना प्रधानमन्त्री बनेर संविधान नकुल्चनू’

‘अल्पमतको सरकार बनेपनि उसले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके धारा ७६ (५) को प्रधानमन्त्री बनाउनुपर्छ ।’

नेपालभ्युज

912914736388009

काठमाडौं । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले शपथ ग्रहण नगरीकन प्रधानमन्त्री बन्नू संविधानविपरीत हुने बताएका छन् ।

संसदीय शासन पद्धति, त्यसको गरिमा र सार्वभौम सत्ताप्रति अन्देखा गर्न नहुने उल्लेख गर्दै उनले भने, ‘सरकार संसद्ले बनाउने हो । त्यसलाई अन्देखा गर्न पाइँदैन । संविधानत: चल्नुपर्‍यो ।’

त्यसअघि उनले भनेका छन्, ‘०७४ सालमा संसद्को अधिवेशन नबोलाइकन शपथ नभइकन तत्कालीन अवस्थामा केपी शर्मा ओलीको सरकार राष्ट्रपतिकोमा गएर सरकार गठन गरेको अवस्था देखिन्थ्यो । जहाँ संसद्को अधिवेशन नबोलाइकन शपथ नभइकन त्यही गल्तीलाई आज फेरि अहिलेको सरकारले पनि दोहोर्‍याउन खोजेको विभिन्न सञ्चारमाध्यममा आएका छन् । यसो गर्नु संविधानप्रतिको अवहेलना हुनजान्छ ।’

उनले संसदीय प्रक्रियामार्फत नै शपथ लिएर, अधिवेशन बोलाएर र संसदीय दलको नेता चुनेर मात्रै प्रधानमन्त्री बन्नु/बनाउनुपर्ने सझाए । ‘संसदीय शासन पद्धतिमा संसद्ले नै सरकार बनाउने र सरकार संसदप्रति उत्तरदायी हुने भएकाले शपथ ग्रहणपछि मात्रै प्रधानमन्त्री नियुक्ति गर्ने विषयलाई अन्देखा गर्नु हुँदैन,’ उनले भने ।

‘शपथ लिएपछि मात्रै प्रधानमन्त्री बन्ने प्रावधान छ’

संघीय संसद् सचिवालयका पूर्वसचिव मुकुन्द शर्मा शपथ लिएपछि मात्रै प्रधानमन्त्री बन्ने प्रावधान रहेको सम्झाउँछन् ।

‘संसदीय प्रक्रियामार्फत नै शपथ लिइ अधिवेशन बोलाएर संसदीय दलको नेता चुनेपछि मात्रै राष्ट्रपतिबाट संयुक्त सरकारको प्रधानमन्त्री बनाउने प्रावधान छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्री बनिसकेपछि उसले ३० दिनभित्र विश्वासको मत लिने र लिन नसके अल्पमतको सरकार बनाउनुपर्ने अवस्था रहने पनि उनले बताए । ‘अल्पमतको सरकार बनेपनि उसले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ,’ शर्माले भने, ‘विश्वासको मत लिन नसके धारा ७६ (५) को प्रधानमन्त्री बनाउनुपर्छ ।’

धारा ७६ (५) बमोजिम पनि प्रधानमन्त्री बन्न नसके अल्पमतको सरकारले संसद् विघटन गरेर फेरि ताजा जनादेशमा जानुपर्ने संवैधानिक व्यवस्था रहेको उनले सम्झाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved