प्रधानमन्त्री शेरबहादुरजी बन्नुहुन्छ : आरजु राणा

नेपालभ्युज

1177418049837667

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् ।

आइतबार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन् ।

संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै उनले देउवासँग सांसदहरूको धेरै संख्या रहेको बताइन् । उनले ठूलो दल पनि नेपाली कांग्रेस भएकाले प्रधानमन्त्रीमा स्वाभाविक रूपमा देउवा हुने उल्लेख गरिन् । उनले पार्टीका अन्य नेताहरूले संसदीय दलको नेतामा आकांक्षा राख्नु स्वाभाविक भएको बताइन् ।

उनले भनिन्, ‘जितेर आउनुभएको छ । उहाँहरुले दाबी गर्नु स्वभाविक नै हो । तर प्रजातन्त्र र संसदीय अभ्यासमा एउटा नम्बरको खेल हुन्छ । त्यसमा आधारित हुन्छ कि को पदमा आउँछ भनेर । मलाई ज्योतिषी ज्ञान आउँदैन । प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ । धेरै संख्या पनि हामीसँगै छ ।’

उनले विगतमा देउवा नेतृत्वको सरकारले धेरै परिवर्तन गरेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved