सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व असुल

नेपालभ्युज

सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व असुल

काठमाडौं ।  यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट  तीन लाख ५० हजार राजस्व उठाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मंसिर महिनाभरि नियम उल्लङ्घन गर्ने चार सय ५६ जनाबाट  तीन लाख ४७ हजार उठाएको हो ।

उनका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ सवारी चालक कारबाहीमा परेका छन् । विभागले हरेक महिना आन्तरिकरूपमा पनि सवारी चालकले गर्ने नियम उल्लङ्घनका बारेमा अनुगमन गर्ने गरेको छ । यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजस्व हो ।

विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, सवारीसाधन मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved