फिल्म ‘पठान’ लाई गुजरातमा प्रतिबन्ध लगाउने चेतावनी

नेपालभ्युज

फिल्म ‘पठान’ लाई गुजरातमा प्रतिबन्ध लगाउने चेतावनी

काठमाडौं। शाहरुख खानको फिल्म ‘पठान’ लाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ । विश्व हिन्दू परिषद् र बजरंग दलले फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना भएमा थिएटर मालिक जिम्मेवार हुने चेतावनी दिएका छन् ।

उनीहरू भन्छन्, ‘फिल्मको गीतलाई अश्लीलतासँग केसर जोडेर ‘बेशराम रंग’ नाम दिइएको छ । यो गीतले बलिउडको विकृत हिन्दूविरोधी मानसिकता देखाएको छ । हामी यी दृश्यहरू सहितको फिल्म गुजरातमा रिलिज हुन दिँदैनौं।’

पठानको गीत ‘बेशरम रंग’मा दीपिका पादुकोणले भगवा रंगको बिकिनी लगाएकी छिन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले पहेँलो रङ भगवान् र हिन्दू धर्मको प्रतीक भएको भन्दै दीपिकाले यही रङ लगाएर ‘बेशरम रंग’को गीतमा नाच्दै गरेको निकै आपत्तिजनक रहेको बताएका छन् ।

यता पठान विवादका बीच शाहरुख खानले मौनता तोडेका छन् । फिल्मको विवादका बीच उनले पहिलोपटक सार्वजनिक बयान दिएका हुन् । बिहीबार कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा शाहरुखले इसारामा भने, ‘संसारले जे चाहन्छ त्यो गरून् । म र तपाईं सबै सकारात्मक व्यक्तिहरू सबै जीवित छौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved