अमेरिकाले युक्रेनमा प्याट्रियट एअर डिफेन्स पठाउने, युक्रेनी सेना जर्मनीमा तालिम लिँदै

रुसी आक्रमणको कडा प्रतिरोध गर्नको लागि अमेरिकाले अत्याधुनिक रक्षा प्रणाली पठाउन लागेको बीबीसीले जनाएको छ । प्याट्रियट सबैभन्दा उन्नत अमेरिकी वायु रक्षा प्रणाली मध्ये एक हो ।

नेपालभ्युज

अमेरिकाले युक्रेनमा प्याट्रियट एअर डिफेन्स पठाउने, युक्रेनी सेना जर्मनीमा तालिम लिँदै

काठमाडौं । अमेरिकाले युक्रेनमा प्याट्रियट एअर डिफेन्स मिसाइल पठाउने भएको छ । राष्ट्रपति जो बाइडेनले यसै हप्ता प्याट्रियट एअर डिफेन्स मिसाइल पठाउने घोषणा गर्ने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनले केही समयदेखि थप एअर डिफेन्स सहयोगको लागि अनुरोध गरिरहेको छ ।

पछिल्लो समय रुसले युक्रेनका महत्पूर्ण उर्जा पूर्वाधारमा आक्रमण गरेपछि युक्रेन चरम उर्जा संकटमा रहेको छ । रुसी आक्रमणको कडा प्रतिरोध गर्नको लागि अमेरिकाले अत्याधुनिक रक्षा प्रणाली पठाउन लागेको बीबीसीले जनाएको छ । प्याट्रियट सबैभन्दा उन्नत अमेरिकी वायु रक्षा प्रणाली मध्ये एक हो तर यो रक्षा मिसाइल युक्रेनलाई सीमित आपूर्ति मात्रै हुने सम्भावना छ।

एक पटक यो कदम स्वीकृत भएपछि प्रणालीहरू आउँदो दिनहरूमा पठाइने सम्भावना छ । युक्रेनी सिपाहीहरूले यो डिफेन्स मिसाइल प्रयोग गर्नेको लागि जर्मनीको ग्राफेनवोहरमा रहेको अमेरिकी सेनाको आधार शिविरमा तालिम लिएका छन् ।

रुसले युक्रेनको महत्वपूर्ण पूर्वाधारलाई क्षेप्यास्त्र र ड्रोनले नियमित रूपमा आक्रमण गर्दै आएको छ । रुसको आक्रमणका कारण जाडोको बीचमा लाखौं युक्रेनीले बिजुली र पानीको समस्या भोगेका छन् ।

तर डिफेन्स थिंक-ट्याङ्कका वरिष्ठ फेलो जस्टिन ब्रोङ्कले अमेरिकाको पछिल्लो निर्णय इरानले रूसलाई लामो दूरीको ब्यालिस्टिक मिसाइलहरू उपलब्ध गराउन सक्ने चिन्ता जोडिएको बताएका छन् । प्याट्रियट एअर डिफेन्स मिसाइलको विश्वभर उच्च मागमा छ । यो महँगो छ, र यसलाई सञ्चालन गर्न महत्त्वपूर्ण प्रशिक्षण चाहिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved