राप्रपाले टुंग्यायो ७ समानुपातिक सांसदको नाम

नेपालभ्युज

राप्रपाले टुंग्यायो ७ समानुपातिक सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ । राप्रपाले समानुपातिकतर्फ ७ सिट पाउनेगरी मत प्राप्त गरेको थियो ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेतको नाम टुंग्याएको छ ।

आदिवासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved