बेल्जियमका गरिब गाउँलेले जिते २० अर्बको चिट्ठा

नेपालभ्युज

बेल्जियमका गरिब गाउँलेले जिते २० अर्बको चिट्ठा

ब्रसेल्स। बेल्जियमको एउटा गाउँका गरिब व्यक्तिको समूहले करोडौँ डलरको चिट्ठा जितेको छ । गाउँलेले सामूहिक रूपमा युरोमिलियन्स ज्याकपटबाट १४३ मिलियन युरो अर्थात १९ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको जितेको बीबीसीले जनाएको छ ।

स्थानीय समाचार अनुसार एन्टवर्प प्रान्तको ओल्मेनका बासिन्दाहरूले चिट्ठाका टिकटहरू किन्नको लागि बराबर पैसा तिरेका थिए । बेल्जियम राष्ट्रिय लोटरीका अनुसार उनिहरु प्रत्येकले ८ लाख ६८ हजार युरोका दरले चिट्ठा जितेका छन् ।

यो चिट्ठाको लागि २ करोड ७० लाख वटा टिकट विक्रि भएको थियो । राष्ट्रिय लोटरीका प्रवक्ता जोक वर्मोरेले बेल्जियममा खोलिएको यो अहिलेसम्मको सबैभन्दा ठूलो रकमको चिट्ठा भएको जानकारी दिएका छन् ।

उनले जितलाई “सर्वश्रेष्ठ क्रिसमस उपहार” को रूपमा वर्णन गरेका छन् । युरो मिलियन ज्याकपोट नौ वटा युरोपेली देशहरूमा आयोजना गरिएको छ । जसमा  बेल्जियम, फ्रान्स, युनाइटेड किंगडम, स्पेन, पोर्चुगल, आयरल्याण्ड, अस्ट्रिया, स्विजरल्याण्ड र लक्जमबर्ग रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved