चोलेन्द्रले ‘क्लिन चिट’ पाएपछि बारले भन्यो- संसद् सचिवालयको पत्र गैरसंवैधानिक, आन्दोलन चर्काउँछौँ

‘भर्खरै हाम्रो बैठक बस्यो, बैठकले पहिले स्थगित गरिएको आन्दोलन पुन: ब्युँताउने निर्णय गरेको छ । हामी तयारीमा छौँ । हामीले सर्वोच्च गेट वरिपरि आन्दोलन गर्नेछौँ ।’

नेपालभ्युज

चोलेन्द्रले ‘क्लिन चिट’ पाएपछि बारले भन्यो- संसद् सचिवालयको पत्र गैरसंवैधानिक, आन्दोलन चर्काउँछौँ

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पाएको ‘क्लिन’ चिट प्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ ।

बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपालभ्यूजसँग भनेका छन्, ‘संसद् सचिवालयले पठाएको पत्र असंवैधानिक हो । हामी पुन: आन्दोलन चर्काउँछौँ ।’

उनले त्यसअघि भने, ‘भर्खरै हाम्रो बैठक बस्यो, बैठकले पहिले स्थगित गरिएको आन्दोलन पुन: ब्युँताउने निर्णय गरेको छ । हामी तयारीमा छौँ । हामीले सर्वोच्च गेट वरिपरि आन्दोलन गर्नेछौँ ।’

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले प्रधानन्यायाधीशको महाअभियोगसम्बन्धी प्रस्ताव निष्क्रिय रहेको भन्दै पत्र पठाएपछि सोही पत्र बोकेर जबरा बुधबार सर्वोच्च पुग्ने तयारीमा छन् । तर, बारले भने आन्दोलन चर्काउने भनेको छ ।

प्रधानन्यायाधीशमा जबराको कार्यकाल मंसिर २७ गते सकिँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved