सर्वोच्चमा फुलकोर्ट बैठक, विकसित घटनाक्रमका विषयमा छलफल

नेपालभ्युज

सर्वोच्चमा फुलकोर्ट बैठक, विकसित घटनाक्रमका विषयमा छलफल

काठमाडौं । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसिरहेको  छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकमा विकसित घटनाक्रमका विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

बैठक पूर्वनिर्धारित नै भए पनि अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएपछिको  अवस्थाका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

सर्वोच्चका पूर्वन्यायाधीश​ प्रचण्डराज अनिलको निधन भएपछि शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको थियो । तर बैठकमा चोलेन्द्र शम्सेर जबराको महाभियोग निस्क्रिय भएको विषयमा छलफल केन्द्रित भएको छ । संसद् सचिवालयको महाभियोग निष्क्रिय भएको पत्र  पाएपछि जबरा अदालत जाने तयारीमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved