‘२०८० को एसईईका लागि नयाँ पाठ्यक्रम

नेपालभ्युज

‘२०८० को एसईईका लागि नयाँ पाठ्यक्रम

काठमाडौं। आउँदो वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार हुने भएको छ । चालू वर्ष २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हुने बताइएको छ ।

पाठ्यक्रम विकास केन्द्रले आगामी वर्ष कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गर्न लागेको हो । केन्द्रले तीनवटा कक्षाका अनिवार्य विषयका पाठ्यक्रम तयार गरिरहेको जनाएको छ ।

‘विसं २०८० सालको शैक्षिक सत्रबाट ती कक्षामा नयाँ पाठ्यपुस्तक अध्यापन गरिने छ’ पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक सहसचिव वैकुण्ठ अर्यालले भने– आउँदो वर्ष एसईईमा सहभागी हुने विद्यार्थीले अनिवार्य विषयको नयाँ पाठ्यपुस्तक पढ्नुपर्नेछ ।

उनका अनुसार कक्षा ८ र १० को अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यपुस्तक तयार भइरहेको छ । त्यसैगरी, कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइरहेको छ ।

महानिर्देशक अर्यालका अनुसार आउँदो शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम लागु भएलगत्तै अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन भएको छ । कक्षा ५ को प्रिन्ट रेडी कपी (पीआरसी) तयार भइरहेको, कक्षा १० को अन्तिम चरणमा रहेको र ५ को पुस मसान्तभित्र तयार हुने अवस्थामा रहेको  महानिर्देशक अर्यालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved