महाभियोग निष्क्रिय भएको पत्र पाएपछि सर्वोच्च जाने तयारीमा चोलेन्द्र

नेपालभ्युज

महाभियोग निष्क्रिय भएको पत्र पाएपछि सर्वोच्च जाने तयारीमा चोलेन्द्र

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्ध संसद्‍मा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

संघीय संसद्‍का महासचिव भरतराज गौतमले महाभियोग निष्क्रिय भन्दै जबरालाई  पत्र दिएपछि उनि सर्वोच्च जान लागेका हुन् ।

पुरानो संसद्को कार्यकाल सकिएर संसद्‍मा नयाँ सदस्य निर्वाचित भएसँगै जबरालाई महासचिव गौतमले पत्र पठाएका हुन् ।

जबराविरुद्ध विभिन्न २१ आरोप सहित गत वर्षको फागुन १ गते सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।

महाभियोग दर्ता भएपछि  स्वतः निलम्बनमा परेका जबरा पत्र पाएसँगै पुन: अदालत जान लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved