दोलखामा मतान्तर बढाउँदै एमालेका शिवाकोटी

नेपालभ्युज

दोलखामा मतान्तर बढाउँदै एमालेका शिवाकोटी

काठमाडौं। दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर बढाउँदै लगेका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई शिवाकोटीले करिब २ हजार मतले पछि पारेका छन्।

सुरूवाती अग्रता लिएका कार्की पछिल्लो समय शिवाकोटीभन्दा पछि परेका छन् । शिवाकोटी १७ हजार ५२८ मतसहित अघि छन् भने कार्कीले १५ हजार ७ सय मत ल्याएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले दुई हजार ४६० मत ल्याएका छन्। अहिलेसम्म ३९ हजार ३७९ मत गणना गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved