वायु प्रदूषण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं महानगरको आग्रह

नेपालभ्युज

वायु प्रदूषण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं। काठमाडौं महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि आग्रह गरेको छ।

शनिबार सूचना जारी गरी महानगरले वायु प्रदूषणका कारण बालबालिका, जेष्ठ नागरिक, दम, खोकी तथा स्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरू जोखिममा पर्ने भएकाले प्रदूषण रोकथाम गर्न आग्रह गरेको हो।

काठमाडौं उपत्यकामा यातायातका साधनले उत्सर्जन गर्ने धुँवा, सडक तथा अन्य निर्माण कार्य सम्पन्न हुँदा निस्कने धुलोका कणहरू, उद्योग, कलकारखानाहरूबाट निस्कासन हुने धुँवा तथा धुलोहरू र खुला रूपमा जलाइने प्लास्टिकजन्य फोहोरमैलाबाट निष्किने धुँवाले वायु प्रदूषण बढेको महानगरले जनाएको छ।

वायु प्रदूषण रोकथाम तथा नियन्त्रण र वायु प्रदूषणबाट हुने जोखिम न्यूनीकरणका लागि नियमित रूपमा आफ्नो सवारी साधन मर्मत गर्नुपर्ने, सवारी साधन प्रचलित प्रदूषण मापदण्ड भित्र रहेर चलाउने, खुला रूपमा आगो बाल्न नहुने महानगरले जनाएको छ।

प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर मैला नवाल्न, निर्माणजन्य सामाग्री सडक तथा फुटपाथमा नथुपार्न, निर्माणजन्य सामग्री ढुवानी गर्दा लोड, अनलोड गर्दा धुँवा धुलो निष्काशन नगर्ने, उद्योग, कलकारखानाहरूले सरकारले तोकेको वायु गुणस्तर तथा धुँवासम्बन्धी मापदण्ड भित्र रहेर मात्र कार्य गर्नुपर्नेमा महानगरको जोड छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved