मतगणना जारी रहेको तीनवटै क्षेत्रमा एमाले पछि, सत्तागठबन्धन अघि

मतगणना जारी रहेको स्याङ्जा–२, बाजुरा र दोलखामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ मध्ये १६२ क्षेत्रको नतिजा आइसकेपनि बाँकी रहेका तीन वटै क्षेत्रमा नेकपा एमाले पछि परेको छ।

नेपालभ्युज

मतगणना जारी रहेको तीनवटै क्षेत्रमा एमाले पछि, सत्तागठबन्धन अघि

काठमाडौं। मतगणना जारी रहेको स्याङ्जा–२, बाजुरा र दोलखामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ मध्ये १६२ क्षेत्रको नतिजा आइसकेपनि बाँकी रहेका तीन वटै क्षेत्रमा नेकपा एमाले पछि परेको छ।

जारी मतगणनाअनुसार ३ वटै क्षेत्रमा सत्ता गठबन्धनका कांग्रेस र माओवादीका उम्मेदवार अगाडि रहेका छन्।

स्याङ्जा–२ मा कांग्रेस उपसभापति धनराज गुरुङ एमाले सचिव पद्माकुमारी अर्यालभन्दा झन्डै २ हजार मतले अघि छन् । गुरुङको १४ हजार ३ सय ६ मत छ। निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार पद्माकुमारी अर्याल १२ हजार १ सय ३५ मतका साथ दोस्रो स्थानमा छिन्। सुरुदेखि अग्रता कायम गरेका गुरुङलाई अर्यालले उछिन्न सकेकी छैनन्।

उता दोलखामा माओवादी उम्मेदवार गंगा कार्की अगाडि छन्। उनले ५ हजार ३५ मत ल्याउँदा एमालेका बालकृष्ण सिवाकोटीले २ हजार ९ सय २८ मत ल्याएका छन्। झन्डै २ हजार मतले पछि परेका सिवाकोटीले उछिन्न सक्लान् कि सक्दैनन् त्यो हेर्न अन्तिमसम्म कुर्नुपर्ने देखिन्छ।

उता बाजुरामा कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे पनि अघि छन्। एमाले नेता कर्ण थापा पछाडि छन्। प्रारम्भिक नतिजाअनुसार पाण्डेले ५ हजार ४१९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved