स्याङ्जा २ मा एमालेकी पद्मा अर्यालको सुरूआती अग्रता

नेपालभ्युज

स्याङ्जा २ मा एमालेकी पद्मा अर्यालको सुरूआती अग्रता

काठमाडौं। मतदान भएको १० दिनपछि मतगणना सुरु भएको स्याङ्जा क्षेत्र नं. २ मा नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले सुरूआती अग्रता कायम गरेकी छिन्।

अर्यालले २ हजार ३०४ मत ल्याएर अग्रता लिएकी हुन्। नेपाली काङ्ग्रेसका धनराज गुरुङले १ हजार ७०३ मतसहित दोस्रो स्थानमा छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन्।

स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए।

अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसे पनि त्यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पाटीका टीकराज गुरुङले पुनः मतदानको मागसहित पत्रकार सम्मेलन गरेका थिए।

विवाद भएपछि लामो समय मतगणना वा मतदान के हुने भन्ने अन्योलका बीच निर्वाचन आयोगको निर्देशनपछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो।

सम्बन्धित समाचार

निर्वाचन आयोगद्वारा बाजुरा र स्याङ्जा-२ मा पुन: मतदानको माग अस्विकार, तत्काल मतगणना सुरु गर्न निर्देशन

स्याङ्जा-२ र बाजुरामा मत गणना गर्न निर्वाचन आयोग समक्ष कांग्रेसको आग्रह


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved