निर्वाचन आयोगद्वारा बाजुरा र स्याङ्जा-२ मा पुन: मतदानको माग अस्विकार, तत्काल मतगणना सुरु गर्न निर्देशन

आयोगको बुधबार बसेको बैठकले दुवै जिल्लामा मतगणना तत्काल सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयलाई निर्देशन दिएको हो । 

नेपालभ्युज

निर्वाचन आयोगद्वारा बाजुरा र स्याङ्जा-२ मा पुन: मतदानको माग अस्विकार, तत्काल मतगणना सुरु गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई सदर गर्दै बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले दुवै जिल्लामा मतगणना तत्काल सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

स्याङजाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहितका दलले पुन: मतदानको माग गर्दै निवेदन दिएका थिए । यस्तै बाजुराका विभिन्न मतदान केन्द्रमा समेत बुथ कब्जा भएको भन्दै एमालेले मतगणना सुरु गर्न मानेको छैन ।

स्थानीयस्तरमा विवाद मिल्न नसकेपछि आयोगले केन्द्रबाटै निर्णय गरेको हो । दुवै क्षेत्रमा कांग्रेस र एमालेले एक अर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

स्याङ्जाका विभिन्न केन्द्रमा एमालेले एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसले पनि आयोग गुहारेको थियो ।

बाजुरामा एमालेले ८ ठाउँमा बुथ कब्जा गरेको कांग्रेसको आरोप छ । यस्तै एमालेले भने कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको भन्दै पुन मतदानको माग गरेको छ । बाजुराको बुढीनन्दा–५ मा स्थगित मतदान भने भइसकेको छ । ।

यसअघि आयोगले विवादितमध्ये दोलखामा मात्रै पुनः मतदानको निर्णय गरेको थियो । स्याङ्जा र बाजुरामा भने अब मंसिर ४ गतेको निर्वाचनलाई आधार मानेर मतगणना सुरु हुनेछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved