चुनावको समीक्षा गर्न मातहतका निकायलाई जसपा अध्यक्ष यादवको निर्देशन

नेपालभ्युज

चुनावको समीक्षा गर्न मातहतका निकायलाई जसपा अध्यक्ष यादवको निर्देशन
फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी समीक्षा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मंसिर चार गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समन्वय समितिलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष यादवले प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरूलाई पत्र लेखेर जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठक राख्न भनेका छन् । निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई समेत राखेर विश्लेषणात्मक समीक्षा गरेर त्यसको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन भनिएको छ ।

जसपा र नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेको थियो । उसले प्रत्यक्षमा ७ सिट जितेको छ । तर पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नै हार व्यहोरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved