भारी वर्षा र चिसोले रुस र युक्रेनी सैनिक समस्यामा, युद्ध कम हुने आसा

नेपालभ्युज

भारी वर्षा र चिसोले रुस र युक्रेनी सैनिक समस्यामा, युद्ध कम हुने आसा

कीभ । भारी वर्षा र घट्दो तापक्रमले रुस र युक्रेनका सैनिक समस्यामा परेका छन् । दुई देशबीच युद्ध भइरहेकाले कठिन अवस्थाको सामना गरेरै भएपनि सैनिकहरु युद्ध मैदानमा खटिएका छन् । तर वर्षा र अत्यन्तै चिसोले गर्दा उनिहरु समस्यामा परेका छन् ।

यस महिना रुसबाट दक्षिणी सहर खेरसनलाई पुनः कब्जामा लिएर युक्रेनले युद्धभूमिमा आफूलाई बलियो साबित गर्न खोजेको छ । तर अब भने जाडोले सजिलै आक्रमण र सेनालाई न्यानो राख्न गाह्रो बनाएको छ। दक्षिणपूर्वी युक्रेनको डोनबासको दक्षिणी भागको एक स्थानमा सैनिकहरु हिलो क्षेत्रमै बस्न बाध्य भएको रोयटर्सले जनाएको छ । युक्रेनी सेनाले रुसी कब्जामा रहेको डोनबास क्षेत्रलाई पनि फिर्ता गर्ने प्रयास जारी राखेको छ ।

तर जाडोयाम उनिहरुको लागि बाधा बनेको छ । यसैबीच, रुसका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले खराब जाडोको अवस्थाले कीभ र मस्कोका सेनालाई समस्या बनाएको र युद्ध केहि कम भएको बताएका छन् ।

“जाडोले सबै पक्षका लागि युद्धको मैदानमा हुने हरेक गतिविधिलाई सुस्त बनाउँछ … यो सबै पक्षका लागि फाइदाजनक छ।,” उनले एक अन्तर्वार्तामा भने।जाडोपछि युक्रेन थप बलियो भएर आउने उनको भनाई थियो । जाडोपछि बेलायतमा प्रशिक्षित हजारौं सैनिकहरू परिचालन हुने युक्रेनले जनाएको छ । जाडो मौसमले युक्रेनी सेनालाई फाइदा पुर्‍याउने लन्डनस्थित रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका विश्लेषक ज्याक वाटलिङको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved