सुनसरी ४

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको अवस्था के छ ?

नेपालभ्युज

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको अवस्था के छ ?
फाइल तस्वीर

काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। अब चार क्षेत्रको नतिजा आउन बाँकी रहेको छ।

हालसम्म मतगणना जारी रहेको एकमात्र निर्वाचन क्षेत्र सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्।

परिणामा आउन बाँकी चार क्षेत्र मध्ये बाजुरा, दोलखा र स्याङ्जा १ को मतगणना नै सुरु भएको छैन। दोलखाका १० निर्वाचन केन्द्रमा भोलि मतदान हुँदैछ। स्याङ्जा १ र बाजुरामा भने अझै आयोगले निर्णय गरेको छैन।

मतगणना भइरहेको सुनसरी ४ मा आज बिहान निर्वानचन आयोगमा प्रविष्ट तथ्यांक अनुसार मन्त्री कार्कीले २६ हजार ४७ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले २५ हजार ७०६ मतका साथ पछ्याइरहेका छन्। कुसियैतभन्दा कार्की ३४१ मतले अगाडि छन्।

हालसम्म सार्वजनिक अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसले ५४ स्थानमा जितेको छ भने एमालेले ४४ ठाउँमा जितेको छ। यस्तै नेकप माओवादी केन्द्रले १७ स्थानमा जित निकाल्दा नेकपा एकीकृत समाजवादी पार्टीले १० ठाउँमा जितेको छ। यस्तै जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७/७ ठाउँमा जित निकालेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार स्थानमा जित निकाल्दा नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जित निकालेको छ। यस्तै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १/१ ठाउँमा जित हासिल गरेका छन्। स्वतन्त्र तर्फ ५ जना निर्वाचित भएका छन्।

सम्बन्धित समाचार

सुनसरी-४ : ज्ञानेन्द्रबहादुर कार्की ५४७ मतले पछि

झलनाथ खनाल र ज्ञानेन्द्र कार्कीको क्षेत्रमा किन रोकियो मतगणना ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved