उदयपुर १ बाट कांग्रेस नेता एवं परराष्ट्रमन्त्री खड्का विजयी

नेपालभ्युज

उदयपुर १ बाट कांग्रेस नेता एवं परराष्ट्रमन्त्री खड्का विजयी
फाइल तस्वीर।

काठमाडौं । उदयपुर-१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता एवं परराष्ट्रमन्त्री नारायण खड्का विजयी भएका छन् । खड्काले एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गरे । खड्काको यो चौथो जित हो ।

उनले ०६४ यता उदयपुरमा जित्दै आएका छन् । अन्तिम परिणाम अनुसार खड्काले ३१ हजार २७० मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

०७४ सालको निर्वाचनमा पनि खड्काले अहिलेकै प्रतिद्वन्द्वी मन्जु चौधरीलाई ५४८ मतान्तरले हराएका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved