सुकुम्बासी बस्तीमा भएको झडपका घाइतेलाई नर्भिकद्वारा निःशुल्क उपचार

नेपालभ्युज

सुकुम्बासी बस्तीमा भएको झडपका घाइतेलाई नर्भिकद्वारा निःशुल्क उपचार

काठमाडौं। थापाथलीका सुकुम्बासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबै जनाको नर्भिक इन्टरनेसनल हस्पिटलले निःशुल्क उपचार गरेको छ ।

सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरूको टोलीसँग सुकम्बासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए ।

घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदिएको हो ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सुकुम्बासी बस्तीमा भएको झडपमा परी घाइते काठमाडौँ महानगरका नगरप्रहरीसहित सबैको इमरजेन्सीमा व्यवस्थित ढंगले उपचार गरिएको र त्यहाँ सबैको उपचार निःशुल्क गरिएको जानकारी दिए ।

झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved