कफनमा बालेनको फोटो टाँसेर सुकुम्बासीले घेरे महानगर कार्यालय (तस्वीरहरु)

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। उनीहरूले लाश राख्न प्रयोग गरिने कफनमा महानगरका मेयर बालेन शाहको तस्वीर टाँसेर जुत्ताको माला लगाएर प्रदर्शन गरिरहेका छन्।

कफनमा बालेनको फोटो टाँसेर सुकुम्बासीले घेरे महानगर कार्यालय (तस्वीरहरु)
काठमाडौं। काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। उनीहरूले लाश राख्न प्रयोग गरिने कफनमा महानगरका मेयर बालेन शाहको तस्वीर टाँसेर जुत्ताको माला लगाएर प्रदर्शन गरिरहेका छन्।
आफूहरूको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्।  एकीकृत  वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेको थियो।
सुकुम्वासीहरू हटेनन्। तर हिजो महानगरको टोली जबरजस्ती बस्ती हटाउन पुगेको थियो। सो क्रममा दुवै पक्षबीच झडप हुँदा तनाव उत्पन्न भएको थियो।
आज फेरि सुकुम्वासीहरू माइतीघरदेखि महानगरको कार्यालय सुन्धारा पुगेर विरोध प्रदर्शन गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved