पाँच वर्षमा गर्व गर्न लायक राजनीतिज्ञ बन्छुः डा. तोसिमा कार्की

विजय तबमात्र स्थापित हुन्छ, जब मैले हजुरहरु समक्ष राखेका वाचाहरु, प्रतिवद्धताहरुमा मैले काम गरेर देखाउन सक्नेछु । त्यो दिन हामी विजय मनाउनेछौँ, तबसम्म मैले यसलाई जिम्मेवारीको रुपमा ग्रहण गरेको छु ।’

नेपालभ्युज

पाँच वर्षमा गर्व गर्न लायक राजनीतिज्ञ बन्छुः डा. तोसिमा कार्की

काठमाडौं । ललितपुर- ३ बाट  नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन् । बिहीवार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने  कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी हुन् ।

उनले  संसदमा जनमुखि मुद्दाहरु उठाउने बताईन् । उनले आफूले मतदाताहरुसमक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको बताइन् ।

उनले भनिन, ‘हजुरहरुले दिनुभएका वाणिहरु, वाचाहरु, आशा, विश्वास, भरोसा सम्पूर्णलाई मैले संरक्षण गरेर हृदयभित्र जगेर्ना गरेर राखेको छु । म मेरो पाँच वर्ष सदनमा ललितपुर मात्र होइन, समग्र देशवासिको गर्व गर्न लायक राजनीतिज्ञ, सांसद बनेर म उभिने छु । र जनमुखि मुद्दाहरुमा बुलन्द रहने छु ।

विजय तबमात्र स्थापित हुन्छ, जब मैले हजुरहरु समक्ष राखेका वाचाहरु, प्रतिवद्धताहरुमा मैले काम गरेर देखाउन सक्नेछु । त्यो दिन हामी विजय मनाउनेछौँ, तबसम्म मैले यसलाई जिम्मेवारीको रुपमा ग्रहण गरेको छु ।’

‘निरन्तर मलाई खबरदारी गरिरहनु होला । सल्लाह, सुझाव दिइरहनु होला । हामी मिलेर अब यो पाँच वर्षमा हामीले चाहेको देश, हामीले चाहेको समृद्ध, स्वस्थ, सुखि देश मिलेर निर्माण गर्नेछौँ । यसमा हातेमालो हजुरहरुले गरिदिइ रहनुहोला ।’ उनले भनिन् ।

उनले संसदभित्र आफ्नो भुमिका राजनीतिको परिभाषा स्थापित गर्नमा रहने बताईन् । सांसद कस्तो हुनुपर्छ र संसद भवनमा वहस कस्तो हुनुपर्छ भन्ने देखाउन आफ्नो भुमिका रहने उनले बताईन् । प्रतिनिधि सभा सदस्य डा. कार्कीले आफू समस्या र समाधान बीचको परिपक्व पुल बन्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले देशमा सुशासन र सुव्यवस्था स्थापित गर्न लागिपर्ने बताईन् । उनले जनताको अवस्था जनताले चाहेजस्तै बनाउने आँट र हिम्मत आफुसँग रहेको बताईन् । ललितपुरवासिले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने र जनताको विश्वासमाथि घात नगर्ने पनि बताईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved