मोरङबाट प्रदेशसभामा कांग्रेसका अर्याल विजयी

नेपालभ्युज

मोरङबाट प्रदेशसभामा कांग्रेसका अर्याल विजयी

विराटनगर। मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका अमृत अर्याल निर्वाचित भएका छन् । उनले प्रदेश १ का स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गरे ।

अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए । २०७४ सालको निर्वाचनमा यादव क्षेत्र नम्बर ५ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा अर्याल क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग पराजित भएका थिए ।

मोरङ क्षेत्र नम्बर ५ को १ मा कांग्रेस उम्मेदवार गयानन्द मण्डल निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved