डोल्पामा एकिकृत समाजवादीका बुढाले लिए सुरुवाती अग्रता

नेपालभ्युज

डोल्पामा एकिकृत समाजवादीका बुढाले लिए सुरुवाती अग्रता

काठमाडौं । डोल्पामा  प्रतिनिधि सभा तर्फ ४ सय मतगणना गर्दा नेकपा एकिकृत समाजवादीका धन बहादुर बुढा  २१३ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

नेकपा एमालेका गणेश शाही ११४ मतसहित बुढालाई पछ्याएका छन् । राप्रपाका अङ्गद बुढा  ५६ मतसहित तेस्रो स्थानमा रहेका छन् । ४ सय मत गन्दा ४ मत  बदर भएको थियो ।

यस्तै,  प्रदेश सभा तर्फ डोल्पा (क) मा ४१४ मतगणना गरिएको छ । सो प्रदेशसभामा नेपाली काँग्रेसका दीपेन्द्र शाहीले  २४६ मत पाएका छन् भने नेकपा एमालेका शेर बहादुर बुढाले १५३ मत पाएका छन् ।
प्रदेशमा ७ मत बदर भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved