कालीकोटमा मतगणना सुरु, एमालेको सुरुवाती अग्रता

नेपालभ्युज

कालीकोटमा मतगणना सुरु, एमालेको सुरुवाती अग्रता

सुर्खेत। माओवादीको किल्लाका रूपमा रहेको कालीकोटमा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको छ । जसमा  एमालेले सुरुवाती अग्रता बनाएको छ । मंगलबार अपराह्नबाट भएको मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको हो ।

प्रतिनिधिसभाका २७१ गणना गर्दा नेकपा (एमाले)का उम्मेदवार नगेन्द्र शाही (नेशनल)ले एक सय १८ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले एक सय १५ मत ल्याएका छन् ।

राप्रपाका धनबहादुर बुढा ९, नेमकिपाका खड्गराज शाही १३, बीपी कांग्रेसका पंखबहादुर विष्ट शून्य, स्वतन्त्र उम्मेदवार रहेका काशीचन्द्र बरालले ९ मत र स्वतन्त्रका धनप्रसाद पाण्डेले शून्य प्राप्त गरेको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सात वटा मत बदर भएको कार्यालयको भनाइ रहेको छ ।

कालीकोटमा स्थानीय तहको निर्वाचनमा नौ वटा स्थानीय तहका ८२ वडामध्ये ५० वडामा माओवादी केन्द्र विजयी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved