विश्वकप फुटबल : अर्जेन्टिना भर्सेस साउदी अरेबिया

नेपालभ्युज

विश्वकप फुटबल : अर्जेन्टिना भर्सेस साउदी अरेबिया

काठमाडौं। कतार विश्वकप फुटबलको तेस्रो दिनको खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दै छन्। लुसेल स्टेडियममा हुने खेलमा अर्जेन्टिना र साउदी अरेबिया पौने ४ बजे आमने सामने हुँदैछन्। अर्जेन्टिना र साउदी अरेबिया जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।

सन् २०२१ को कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना विश्वकप जित्ने योजनामा रहेको छ। सन् १९९४ को विश्वकपपश्चात अर्जेन्टिना पहिलो पटक च्याम्पियनको रूपमा सहभागीता गर्दैछ। सन् १९७८ र १९८६ को संस्करण जितेको अर्जेन्टिना तेस्रो विश्वकप उपाधिको लागि खेल्दै छ ।

अर्जेन्टिना ३ दशकदेखि उपाधि जित्न सङ्घर्ष गरिरहेको छ। पछिल्लो ८ वर्ष देखि अर्जेन्टिना उपाधिनजिक पुगेर चुकिरहेको छ। यस्तै, अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको अन्तिम विश्वकप भएका कारण पनि टोलीको प्रदर्शन बारे चर्चा थप चुलिएको छ।

मेस्सीले एक्लै प्रशिक्षण गरेकोले उनको स्वास्थ्य बारे विभिन्न टिकाटिपणी पनि भएको थियो। यद्यपि, सोमबार भएको पत्रकार सम्मेलनमा मेस्सीले आफू पूर्ण रूपले स्वस्थ भएको सुनिश्चित गरेका थिए।मेस्सी पाँचौँ पटक विश्वकप खेल्न पहिलो अर्जेन्टिनी खेलाडी बन्दै छन्। यसअघि डिएगो म्यारेडोना र जेभियर मास्चेरानोले ४ विश्वकप खेलेको थिए।

अर्जेन्टिनाको मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले साउदी अरेबिया प्राविधिक रूपले बलियो टोेली रहेको बताएका छन्। छैंटौँपटक विश्वकपमा सहभागीता जनाउन लागेको साउदी अरेबिया भने अन्तिम १६ मा पुग्ने दोस्रो प्रयास गर्नेछ। यसअघि, अरेबिया सन् १९९४ मा अन्तिम १६ मा पुगेको थियो।

हर्भे रेनार्डको प्रशिक्षणमा साउदी अरेबिया छनोटको १८ खेलमध्ये १३ मा जित, १मा पराजय र ४ मा जित निकाल्दै कतार विश्वकप पुगेको हो। मुख्य प्रशिक्षक रेनार्ड भने समूह सीको यात्रा चुनौतीले भरिपूर्ण भएको बताएका छन्।

यसअघि, अर्जेन्टिना र साउदी अरेबिया ४ पटक भिडेका छन्। अर्जेन्टिनाले २ खेलमा जित निकालेको थियो । २ खेल भने बराबरीमा सकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved