समानुपातिक भोटमा पनि कांग्रेस एमालेको ‘घण्टी बजाउँदै’ रवि लामिछानेको पार्टी

माओवादी र एकीकृत समाजवादीभन्दा स्वतन्त्र पार्टी अघि

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले टक्कर दिइरहेको छ। नेपाली कांग्रेस पहिलो र एमाले दोस्रो छ भने तेस्रोमा स्वतन्त्र पाटी छ।

नेपालभ्युज

समानुपातिक भोटमा पनि कांग्रेस एमालेको ‘घण्टी बजाउँदै’ रवि लामिछानेको पार्टी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले टक्कर दिइरहेको छ।

नेपाली कांग्रेस पहिलो र एमाले दोस्रो छ भने तेस्रोमा स्वतन्त्र पाटी छ।

कांग्रेसले हालसम्म ९ हजार ७ सय ६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको एमालेले ८ हजार ६ सय १६ मत ल्याएको छ। तेस्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले ६ हजार ४ सय १३ मत प्राप्त गरेको छ।

चौथो स्थानमा माओवादी केन्द्र छ। माओवादी केन्द्रको ३ हजार ३ सय मत छ। पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी छ। उसले ३ हजार २ सय ८७ मत ल्याएको छ।

अन्य दलहरूले हजार मत कटाएका छैनन्। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सँगसँगै समानुपातिकतर्फ पनि मतगणना गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved