सुर्खेतको सिम्तामा मंगलबार पुनः मतदान हुने

सुर्खेतको सिम्तामा मंगलबार पुनः मतदान हुने

सुर्खेत। सुर्खेतमा सिम्तामा पुनः मतदान मंगलबार हुने भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसालेपछि मतदान स्थगित गरिएको थियो ।

निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि यहाँको तीनवटा केन्द्रको मतदान रद्द भएको भएको थियो ।

निर्वाचन आयोगले दुई दिनभित्र रद्द गरिएका क्षेत्रमा पुनः निर्वाचन गर्न निर्देशन दिएकाले मंगलबार निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत उपेन्द्रकेशर खनाल बताए ।

सिम्ताको सिम्ता बहुमुखी क्याम्पसमा तीनवटा मतदान रहेकोमा ‘क’ मतदान केन्द्रमा प्रतिनिधिसभाका एक सय मतपत्र मतदाताले प्रदेशसभाको बाकसमा खसालेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved