विश्वकप फुटबल : आयोजक कतार पराजित, इक्वेडरको विजयी सुरुवात

समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्याण्ड्स रहेका छन् ।

नेपालभ्युज

विश्वकप फुटबल : आयोजक कतार पराजित, इक्वेडरको विजयी सुरुवात

काठमाडौं । फिफा कतार विश्वकप फुटबलमा इक्वेडरले विजयी यात्रा सुरू गरेको छ । अल बायत रङ्गशालामा आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले घरेलु टोली कतारलाई २–० गोलअन्तरले पराजित गरेको हो । यससँगै विश्वकपमा पहिलोपटक आयोजक टोली उद्घाटन खेलमा पराजित भएको छ ।

इक्वेडरका लागि इनर भ्यालेन्सियाले गोल गरे । खेलको १६ औँ मिनेटमा भ्यालेसिन्याले पेनाल्टीमा पहिलो र ३२ औँ मिनेटमा दोस्रो गेल गरे ।  खेलको तेस्रो मिनेटमा पनि भ्यालेन्सियाले बललाई जाली चुमाएका थिए । तर, अफसाइड भएका कारण सो प्रहारलाई गोल गनिएको थिएन ।

इन्ज्यूरी समयमा कतारले खेलमा पुनरागमनको अवसर गुमायो । कप्तान हसन अल हेडोसले दिएको क्रसलाई अल्मोएज अलीले फ्रि हेडरमार्फत पोस्ट चुमाउन असफल भए । खेलको ८९औँ मिनेटमा कतारले अर्को अवसर गुमायो । बसम अल–रवीको प्रहार क्रसबार माथिबाट जाँदा कतार गोल गर्न  चुक्यो ।

समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्याण्ड्स रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved